काँग्रेसले आज जनकपुरमा प्रतिज्ञा सभा गर्दै
काठमाडौं, फागुन ६ । नेपाली कांग्रेसले आज जनकपुरमा प्रतिज्ञा सभा गर्दैछ ।
कांग्रेस मधेस प्रदेश कार्यसमितिको आयोजनामा बुधबार कांग्रेसले जनकपुरमा प्रतिज्ञा सभा गर्न लागेको हो । यही सभाबाट कांग्रेसले घोषणापत्र सार्वजनिक गर्दैछ ।
कांग्रेसले निर्वाचन आयोगलाई भने फागुन ३ गते नै पार्टीको घोषणापत्र बुझाएको थियो । जनकपुरको सभामा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्नेछन् ।
प्रतिज्ञा सभामा मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रबाट गरी १ लाखभन्दा बढी मतदाताको सहभागिता रहने अपेक्षा गरिएको नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले जानकारी दिए ।
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार












