धनगढीमा आज रास्वपाको सभा, रवि र बालेनले सम्बोधन गर्ने



धगनढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज धनगढीमा चुनावी सभा गर्दैछ ।

सभालाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने जनाइएको छ । यसअघि जनकपुरमा रास्वपाले पहिलो प्रदेशस्तरीय कार्यक्रम गरेको थियो ।

रास्वपा सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टका अनुसार चुनावी सभाको लागि लामिछाने हिजै धनगढी आइसकेका छन् भने शाह आज आउँदैछन् ।

धनगढीको चुनावी सभालाई सम्बोधन गरेर बिहीबार (भोलि) सुर्खेतमा चुनावी कार्यक्रम गर्न लागिएको रास्वपाले जनाएको छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्