एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै
काठमाडौँ, फागुन ७ । नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुले आज काठमाडौँबाट घोषणापत्र सार्वजनिक गर्न लागेका हुन् ।
घोषणापत्रमा समृद्ध नेपाल निर्माण, सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय तथा संस्थागत सुधारलाई मुख्य प्राथमिकतामा राखिने एमालेले जनाएको छ ।
प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार












