रास्वपाले आज सुर्खेतमा सभा गर्दै, रवि र बालेनले सम्बोधन गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सुर्खेतमा उद्घोष सभा गर्दैछ ।
रास्वपाले बिहान ११ बजेदेखि वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ स्थित घण्टाघर डबलीमा सभा आयोजना गरेको छ । सभालाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने कार्यक्रम छ ।
आसन्न २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारका क्रममा रास्वपाद्वारा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्न उनीहरू सुर्खेत आउन लागेका हुन् ।
प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार












