पाकिस्तानको आवासीय भवनमा ग्याँस विस्फोट हुँदा ६ जनाको मृत्यु, १२ घाइते
एजेन्सी। पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीको आवासीय भवनमा ग्याँस विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ ।
भवनको पहिलो तलामा भएको विस्फोटले भवनको आंशिक भाग क्षेतिग्रस्त हुँदा दुर्घटना भएको सरकारी उद्धार कार्यलयले बिहीबार एक विज्ञप्ति मार्फत जनाएको छ।
विस्फोटको सूचना पाए पछि उद्धार टोलीहरू तुरुन्तै घटनास्थलमा पुगेको उल्लेख गर्दै उद्धारकर्ताहरूले खोजी अभियानका लागि सबै उपलब्ध स्रोतहरू प्रयोग गरेर पीडितहरूलाई भग्नावशेषबाट बाहिर निकालेको अधिकारीले बताएका छन्।
प्रारम्भिक अनुसन्धानले सिलिन्डर ग्यासबाट ग्याँस चुहावटका कारण विस्फोट भएको अनुमान गरेको प्रहरीले जनाएको छ।
बालबालीकासहित घाइते भएका १२ जनाको उद्धार गरिउपचारका लागि नजिकैको अस्पतालमा लगिएको बताइएको छ ।
प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार
















