गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी



काठमाडौँ, ९ फागुन। मुलुकको समसामयिक विषय, समग्र शान्ति सुरक्षा र निर्वाचनसम्बन्धी विषयवस्तुमा केन्द्रित रही गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ । 

केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा जारी बैठकमा चार वटै सुरक्षा निकायका उच्च पदाधिकारीको उपस्थिति छ । 

बैठकमा विशेष गरी तराई–मधेसमा देखिएको समस्या समाधानका साथै निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतीका विषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ । 

उपयुक्त विषयमा छलफल भई आवश्यक निर्णय हुने गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्