धादिङ बस दुर्घटना अपडेट: मृतकको संख्या १९ पुग्यो
धादिङ। धादिङमा यात्रुबाहक बस दुर्घटनामा हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ।
घटनास्थलमै १७ जना र थप २ जनाको उपचारका क्रममा गरि कुल १९ जनाको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । उनिहरुको पहिचान खुलेको छैन्।
हिजो राति पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस बेनिघाट रोराङ गाउँपालिका–५ भैंसीगौडास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको थियो ।
दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी बल नेपालको टोली, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय समेत उद्धारका खटिएका थिए ।
दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । घाइतेहरुको पहिचान खुलेको प्रहरीले जनाएको छ।
केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौं पठाइएको छ।
प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार












