नेपाल पुलिस क्लब जावलाखेलसँग पराजित
काठमाडौँ ११ फागुन। विभागीय टोली नेपाल पुलिस क्लब जावलाखेलसँग पराजित भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न राष्ट्रिय लिग अन्तर्गतको खेलमा जावलाखेल युथ क्लब ले पुलिसलाई ३–० गोलले हराएको हो । जारी लिगमा जावलाखेलको यो तेस्रो जित हो ।
यो जितसँगै ६ खेल खेलेको जावलाखेलले ९ अंक जोडेर तालिकाको आठौँ स्थानमा उक्लिएको छ । पुलिसको भने यो चौथो हार हो । समान खेलबाट पुलिसको ४ अंक छ ।
खेलको १८औँ मिनेटमा निकोलस ओडाने ह्यामिल्टनको गोलमा जावलाखेलले अग्रता लिएको थियो । त्यसको आठ मिनेटपछि युवराज ढकालले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर बनाए । ७८औँ मिनेटमा विकास दर्लामी मगरले उत्कृष्ट गोल गर्दै जावलाखेललाई ३–० को जित दिलाए ।
प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार
















