इरानमा सेनाको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु



एजेन्सी। इरानी सेनाको वायु सेनाको हेलिकप्टर मध्य प्रान्त इस्फहानको फलफुल बजारमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

मंगलबार भएको उक्त दुर्घटनामा पाइलट, सह(पाइलट र दुई जना फलफुल व्यापारीको मृत्यु भएको हो ।

इरना समाचार एजेन्सीका अनुसार दुर्घटनाको कारण ‘प्राविधिक खराबी’ भएको बताइएको छ।

दुर्घटना इस्फहान प्रान्तको खोमेनिसहर सहरमा भएको पुष्टि गरिएको छ। लगातारको प्रतिबन्ध खेप्दै आएको इरानले पछिल्लो समयमा धेरैवटा हवाई प्रकोपहरूको सामना गरेको छ भने अधिकारीहरूले आफ्ना पुराना जहाजहरूका लागि स्पेयर पाट्र्सहरू प्राप्त गर्न गाह्रो भएको गुनासो गरेका छन्।

यस अघि पश्चिमी हामेदान प्रान्तमा प्रशिक्षण अभ्यासको क्रममा बिहीबार, एक इरानी लडाकू जेट दुर्घटना ग्रस्त हुदाँ दुई जना पायलटहरू मध्ये एकको मृत्यु भएको थियो ।

प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्