रिहाभए लगत्तै सरकारलाई दुर्गा प्रसाईंले चुनौति दिदैँ भने- राजाले पनि चुनाव गर्नु हुँदैन भन्नुभयो, दम छ भने थुन्नुस्
काठमाडौं । मेडिकल व्यवसायी एवम राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई बिना कारण थुनामा राखेको देखिएको थुनामुक्त गर्न आदेश गरेको थियो ।
मंगलबार नै रिहा हुनुपर्ने भए पनि केही कानुनी प्रक्रिया बाँकी रहेकाले बुधबारमात्र प्रसाईं रिहा भएका हुन् ।
बाहिरिनासाथ आफूले चुनाव हुँदैन भन्दा पक्राउ गरेर थुनिएको तर राजा स्वयम् अब सडकमा उत्रिन सक्ने भन्दै पक्राउ गरेर देखाउ भन्दै प्रसाईंले चुनौति दिएका छन् ।
उनले भने- ‘चुनाव गर्नु हुँदैन भन्दा मलाई ल्याएर थुन्नुभयो । राजाले पनि चुनाव गर्नु हुँदैन भनेर भन्नुभयो । राजालाई पनि ल्याएर थुन्नुस् । दम छ ओम प्रकाश अर्याल ? दम छ सुशीला कार्की ? अनि दम छ । के लोकतन्त्रमा बोल्न पाइँदैन ?’
प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार












