देउवाले गरे चुनाव अघोषित बहिस्कार, चुनावकै मुखमा सिंगापुर उडे
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा चुनावको मुखैमा
स्वास्थ्य उपचारका लागि भन्दै सिंगापुर गएका छन् ।
देउवा बुधबार राति ११ः३० को सिंगापुर एयरलाइन्सको उडानबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । उनले अघोषित रुपमै चुनाव बहिस्कार गरेको बुझिएको छ ।
उनलाई काँग्रेस पदाधिकारीहरूले विभिन्न च्यानलबाट पार्टीको चुनावी अभियानलाई साथ दिन आग्रह गरे पनि उनले मानेका थिएनन् ।
डडेलधुराबाट २०४८ देखि लगातार ७ वटा चुनावमा कांग्रेसको उम्मेदवार भएर सातैपटक जितेका देउवा अन्तिम चुनाव लड्न नपाएपछि घरबाट निस्केका थिएनन् । उनको ठाउँमा उनीनिकटकै युवा नेता नैनसिंह महरले टिकट पाएका छन् ।
प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार












