इजरायली सेनाद्वारा लेबनानमा रहेका हिजबुल्लाहका गढमा हमला
काठमाडौँ । इजरायली सेनाले सोमबार लेबनानभरमा सक्रिय इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहका गढहरूमा भीषण सैन्य आक्रमण सुरु गरेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इजरायली सेनाले सोमबार बिहानैदेखि लेबनानका विभिन्न क्षेत्रमा रहेका हिजबुल्लाहका सैन्य संरचनाहरूलाई निशाना बनाउन थालेको छ । लेबनानको राजधानी बेरुतको दक्षिणी सहरमा शक्तिशाली विष्फोटका आवाजहरू सुनिएका छन् । जुन क्षेत्र हिजबुल्लाहको बलियो गढ मानिन्छ ।
बेरुत र दक्षिण लेबनानका विभिन्न भागमा धुवाँको मुस्लो देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार
















