कुवेतस्थित अमेरिकी दूतावास नजिकैबाट धुवाँ उडिरहेको देखियो: रोयटर्स
कुवेत । सोमबार कुवेत सिटीमा रहेको अमेरिकी दूतावासको परिसरबाट धुवाँ उठिरहेको देखिएको प्रत्यक्षदर्शीले बताएको भन्दै रोयटर्सले समाचार छापेको छ । छन् । दूतावास आसपास आगो निभाउने गाडी तथा एम्बुलेन्स पनि पुगेको बताइएको छ ।
यसैबिच दूतावासले कुवेतमा मिसाइल र ड्रोनको खतराबारे आफ्ना नागरिकलाई चेतावनी दिएको छ । ‘कुवेतस्थित अमेरिकी दूतावासले कुवेतमा रहेका अमेरिकी नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न, आक्रमणको घटनामा सुरक्षा योजनाहरूको समीक्षा गर्न र भविष्यमा थप आक्रमण हुन सक्ने सम्भावनाको बारेमा सतर्क रहन आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
दूतावासका कर्मचारीहरू सुरक्षित स्थानमा बसिरहेको पनि विज्ञप्तिमा भनिएको छ । दूतावासले पनि एक सुरक्षा चेतावनी जारी गरेको थियो, जसमा कुवेतमाथि मिसाइल तथा ड्रोन (यूएभी) हमला जारी रहनसक्ने खतरा रहेको भन्दै मानिसहरूलाई दूतावास नजिक नजान र सुरक्षित स्थानमा बस्न भनिएको छ ।
प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार
















