मध्यपूर्वमा बढ्दो तनाव : आफ्ना नागरिकलाई तुरुन्त देश छोड्न अमेरिकाको आग्रह



एजेन्सी । मध्यपूर्व क्षेत्रमा तीव्र गतिमा बढ्दै गएको सैन्य तनाव र सुरक्षा जोखिमका कारण अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई प्रभावित देशहरू तुरुन्तै छोड्न आग्रह गरेको छ।

मार्च २ मा जारी सुरक्षा अद्यावधिकमा विभागले ‘गम्भीर सुरक्षा जोखिम’ औंल्याउँदै व्यावसायिक उडानमार्फत सुरक्षित स्थानमा जान सल्लाह दिएको हो।

अमेरिकी विदेश मन्त्रालयका अनुसार बहराइन, इजिप्ट, इरान, इराक, इजरायल, वेस्ट बैंक र गाजा, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरेबिया, सिरिया, संयुक्त अरब इमिरेट्स तथा यमनमा रहेका अमेरिकी नागरिकलाई यथाशीघ्र व्यावसायिक उडान प्रयोग गरी बाहिरिन आग्रह गरिएको छ।

क्षेप्यास्त्र प्रहार र क्षेत्रीय प्रतिद्वन्द्वीहरूबीच बढ्दो सैन्य गतिविधिका कारण स्थिति थप जटिल बन्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विशेषगरी इरान र यसका क्षेत्रीय विरोधीबीचको तनावले समग्र खाडी क्षेत्रमा अस्थिरता बढाएको आकलन गरिएको छ।

खाडी र मध्यपूर्वका सरकारहरूले पछिल्ला दिनहरूमा सुरक्षा सतर्कता स्तर उच्च बनाएका छन्।

प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्