इरानले गर्‍यो होर्मुज समुद्री जलमार्ग बन्द



एजेन्सी । इरानले होर्मुज समुद्री जलमार्ग अहिले बन्द गरिएको दाबी गरेको छ । इरानले त्यहाँबाट पार गर्न खोज्ने कुनै पनि जहाजमाथि आक्रमण गरिने चेतावनी दिएको छ ।

एक इरानी अधिकारीले होर्मुज समुद्री जलमार्ग भएर जाने प्रयास गर्ने जोसुकैलाई इरानले आगो लगाइदिने बताएका छन् ।

इरानी राज्य टेलिभिजनमा बोल्दै इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का कमान्डर–इन–चिफका सल्लाहकार इब्राहिम जब्बारीले यस्तो चेतावनी दिएका हुन् ।

उनले उक्त जलमार्ग बन्द गरिएको उल्लेख गर्दै जहाजहरूलाई चेतावनी दिँदै भने, “उनीहरू यस क्षेत्रमा आउनु हुँदैन । उनीहरूले निश्चित रूपमा हामीबाट गम्भीर प्रतिक्रियाको सामना गर्नेछन् ।”

प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्