दुबई र आबुधावी विमानस्थल आंशिक खुला, सीमित उडानहरू हुने



काठमाडौं । खाडी क्षेत्रमा जारी युद्धका कारण चार दिनपछि दुबई र अआबु धाबीका सीमित विमानस्थलहरू खुलेका छन्

दुबई अन्तर्राष्ट्रिय विमानस्थल (डिएक्सबी) र दुबई वल्र्ड सेन्ट्रल-अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल (डिडब्ल्यूसी)बाट आज लन्डन, मस्को, पेरिस लगायत गन्तव्यका लागि जहाज उडेका बीबीसीले जनाएको छ ।

खाडी मुलुकहरूमा इरानले व्यापक बमबारीको सहयोगमा सैन्य अखडाहरूमा प्रहार गरेको छ, साथै उसले आवासीय भवनहरू, होटलहरू, विमानस्थल र समुद्री बन्दरगाहजस्ता नागरिक पूर्वाधारहरूमा पनि प्रहार गरेको पाइएको छ। आक्रमणले लामो समयदेखि जारी मध्यपूर्व द्वन्द्वबाट सुरक्षितस्थलको रूपमा हेरिएको क्षेत्रमा तनाव सिर्जना भएको छ।

इरानले शनिबारदेखि अभियान सुरु गरेयता दुबई, अबुधाबी, कुवेत र मनामा विमानस्थललाई निशाना बनाइएको छ ।

संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा भएको उक्त घटनामा एक नेपाली नागरिकसहित तीन जनाको मृत्यु भएको थियो ।

युएईले आफ्नो हवाई क्षेत्र अस्थायी र आंशिक रूपमा बन्द गरेको शनिबार घोषणा गरेको थियो ।

हवाई क्षेत्र बन्दले शहरको लागि एक महत्त्वपूर्ण क्षेत्रलाई असर गरेको छ । दुबईको हवाई उद्योगले युएईको अर्थव्यवस्थाको लगभग एक तिहाई हिस्सा ओगटेको छ।

द्धका कारण संसारका ठूल्ठूला वायुसेवा कम्पनीको व्यापारमा ठूलो असर पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र सोमबार १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् ।

प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्