इजरायल–अमेरिकाको आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते



इजरायल–अमेरिकाको आक्रमणबाट इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी पनि घाइते भएका छन् ।

टाइम्स अफ इजरायलका अनुसार उनी जारी युद्धका क्रममा घाइते भएका हुन् । यद्यपि मोज्तबा कहिले घाइते भएका हुन् भनेर स्पष्ट पारिएको छैन ।

गत फेब्रुअरी २८ मा इजरायल–अमेरिकाको आक्रमणबाट इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएपछि उनका छोरा मोज्तबालाई नयाँ सर्वोच्च नेता चुनिएको थियो । यसअघि उनका बुवा अयातोल्लाहसँगै, आमा, श्रीमती र छोरी मारिएका थिए ।

त्यसयता मोज्तबा सार्वजनिक रूपमा देखिएका छैनन्। उनलाई आइतबार राति मात्र इरानको नयाँ सर्वोच्च नेता घोषणा गरिएको छ ।

यसअघि अमेरिकाले आफ्नो अनुमतिबिना सर्वोच्च नेता छनोट गरे त्यो पनि मारिने चेतावनी दिएको थियो।

गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमा संयुक्त हवाई हमला गरी त्यहाँका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता युद्ध जारी छ।

इरानले पनि इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन÷क्षेप्यास्त्र प्रहार गरिरहेको छ।

यसैबिच इरानका उपस्वास्थ्यमन्त्री अली जाफरियनले इजरायल–अमेरिकाको आक्रमणबाट अहिलेसम्म १ हजार २५५ जनाको मृत्यु भएको बताएका छन् ।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्