समानुपातिक सांसद छान्न रास्वपाको सचिवालय बैठक बस्दै



काठमाडौं, चैत्र १ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज (आइतबार) बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बिहान १० बजे बस्ने भएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक सांसद सिफारिस लगायतका विषयमा छलफल गर्न शनिबार स्थगित गरिएको बैठक आज बस्न लागेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।

हालै सम्पन्न निर्वाचनबाट सबै भन्दा ठूलो राजनीतिक दल बनेको रास्वपाले सरकार गठनको तयारीसमेत गरिरहेको छ ।

१ सय ८२ सिटसहित करिब दुई तिहाई सांसद जितेको रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबीच सरकार गठनकाविषयमा निरन्तर छलफल भईरहेको बताइएको छ ।

प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्