२२ करोड रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
काठमाडौँ, चैत २ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ वर्ष कैद र २२ करोड रुपैयाँभन्दा धेरै जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौँ महानगरपालिका–२४ वटु घर भई काठमाडौँको नागर्जुन नगरपालिका–५ सीतापाइला बस्ने नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष ६९ वर्षीय योगेन्द्रप्रसाद श्रेष्ठलाई पक्राउ गरेको हो ।
श्रेष्ठलाई सर्वोच्च अदालतले २०८१ सालको भदौ ५ गते बैंकिङ कसूर मुद्दामा सजाय र जरिवाना तोकेको थियो ।
उनलाई सीतापाइलाबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पठाइएको सीआईबीले जनाएको छ ।
प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार
















