बाजुरामा कुटपिट गरी युवकको हत्या, एक जना पक्राउ
बाजुरा, चैत्र ३ । बाजुराको स्वामीकार्तिक गाउँपालिकामा कुटपिट गरी एक युवकको हत्या गरिएको छ ।
स्वामीकार्तिक गाउँपालिका–२ पुडेनीका ३५ वर्षीय सर्वाश बुढाको टाउकोमा ढुंगा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एसएसपी पदमबहादुर विष्टका अनुसार स्थानीय धनबहादुर महतरा र उनका छोरा हेमराज महतराले कुटपिट गर्दा बुढाको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीले घटनामा संलग्न धनबहादुर महतरालाई नियन्त्रणमा लिएको छ भने उनका छोरा हेमराज फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार
















