पितृ शोकमा रहेका ओलीलाई निवासमै पुगेर राष्ट्रपतिले दिए समवेदना



काठमाडौं । पितृ शोकमा रहेका एमाले अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले समवेदना दिएका छन् ।

मंगलबार भक्तपुरको गुण्डुस्थित निवासमै पुगेर राष्ट्रपति पौडेलले ओली र परिवारलाई समवेदना दिएका हुन् ।

ओलीका पिता ९७ वर्षीय मोहनप्रसाद ओलीको केहीदिनअघि निधन भएको थियो ।

शोकमा रहेका ओली र उनको परिवारलाई समवेदना दिन शीर्ष नेताहरु ओली निवास गुण्डु पुगिरहेका छन् ।

केही दिनअघि प्रधानमन्त्री सुशीला कार्की र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समेत निवासमै पुगेर ओलीलाई समवेदना दिएका थिए।

प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्