काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै
काठमाडौँ, चैत्र ४ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौँ उपत्यकामा विशेष कार्यक्रम गरि मनाइँदैछ ।
यस अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायत प्रदर्शन गर्नेछ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।
नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहने छ ।
यस अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ ।
प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार
















