गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
गुल्मी, चैत्र ४ । ट्याक्टरको ठक्करबाट गुल्मीको मदानेमा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मदाने गाउँपालिका–१ अग्लुङ फेदीका ३५ वर्षीय सालिकराम चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए । गम्भीर घाइते भएका उनको तम्घास अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार
















