ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
दाङ । ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा मंगलबार राति एक जनाको मृत्यु भएको छ ।
गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार दुर्घटनामा मोटरसाइकल चालक गढवा गाउँपालिका–५ बाकीका ३६ वर्षीय भानु रिजालको मृत्यु भएको हो ।
ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार
















