काँग्रेस सभापति थापाले पदबाट दिए राजीनामा
काठमाडौ, चैत्र ५ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको सभापतिको पदबाट राजीनामा दिएका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा पराजय भएपछि नैतिक जिम्मेवारी लिँदै उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।
यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका थापा रास्वपाका अमरेशकुमार सिंहसँग पराजित बनेका थिए । गत फागुन २१ गतेको निर्वाचनमा कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी जम्मा ३८ सिट मात्र प्राप्त गरेको थियो ।
निर्वाचन नतिजापछि नै थापाले राजीनामाको तयारी गरेका भएपनि पार्टीका नेताहरूले रोक्न दबाब दिएका थिए ।
प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार
















