रवि लामिछानेको मुद्दामा सर्वोच्चमा आज पनि सुनुवाइ हुँदै



काठमाडौँ, चैत्र ५ । रवि लामिछाने विरुद्ध सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ ।

न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि सुनुवाइ सुरू भएको हो ।

यसअघि न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले नियमित सुनुवाइका लागि पेस गर्न आदेश दिएको थियो।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले गरेको लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध अधिवक्ताहरूले रिट दायर गरेका हुन् ।

प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्