राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही, खुश्बु ओ‌ली प्रमुख सचेतक



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रत्यक्षतर्फ निर्वाचित ज्ञानबहादुर शाहीलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।

बिहीबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले संसदीय दलको यस्तो निर्णय गरेको हो ।

बैठकले समानुपातिकतर्फकी महिला सांसद खुश्बु ओलीलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको छ।

गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड कटाएर राप्रपा संघीय संसदमा छैटौँ दल बनेको छ ।

प्रत्यक्षतर्फ जुम्लाबाट शाही एक्ला निर्वाचित भएका थिए।

समानुपातिकतर्फ ३ लाख ३० हजार ६८४ मत प्राप्त गरेको राप्रपाले ४ सिट प्राप्त गरेको छ ।

यसरी प्रतिनिधिसभामा राप्रपाका जम्मा ५ सांसद हुनेछन् ।

प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्