ठूलो हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना, सचेत रहन आग्रह



काठमाडौं, चैत्र ६ । हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । जसले गर्दा आज देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी, लुम्बिनी, कोसी प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन÷चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रका एकदुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ ।

यसैगरी आज राति देशभर अधिकांश स्थानमा बादल लाग्ने छ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ ÷असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्