कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा



काठमाडौं, चैत्र ६ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि आह्वान गरिएको छ ।

बैठकमा हालै सम्पन्न निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक विषय र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।

साथै पार्टी सभापति गगन थापाले दिएको राजीनामामाथि निर्णय र आगामी महाधिवेशनको तयारीबारे पनि विचार–विमर्श गरिनेछ ।

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्