नवनिर्वाचित सांसदहरुको सपथ चैत १२ गते हुने



काठमाडौँ, चैत्र ६ । प्रतिनिधि सभामा नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण यही चैत १२ गते दिउँसो २ बजेका लागि तय गरिएको छ ।

संघीय संसद् सचिवालयले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा सपथ ग्रहण कार्यक्रको आयोजना गरेको छ । जसका लागि सदस्यहरूलाई शपथ सुरु हुनुभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ ।

उपस्थित हुँदा निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नागरिकताको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइज फोटो अनिवार्य ल्याउनुपर्नेछ । औपचारिक वा राष्ट्रिय पोसाकमा उपस्थित हुन अनुरोध गरिएको छ ।

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्