कैलालीमा एक पुरुष मृत अवस्थामा फेला
धनगढी, चैत्र ६ । कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको लम्कीचुहा नगरपालिका–१ पूर्व लम्की स्थित सोही नगरपालिका–३ बस्ने ५२ वर्षीय कालुराम जैशी बिहीबार साँझ मृत अवस्थामा परेका हुन् ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार
















