लेकाली क्षेत्रमा हिमपात, जनजीवन प्रभावित



कालीकोट, ६ चैत कालीकोटको पहाडी क्षेत्रमा हिमपात हुन थालेपछि चिसो बढेको छ । डाँडामा हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो ।

जिल्लाको विभिन्न डाँडाकाँडा तथा लेकाली बस्तीहरू सेताम्य बनेका छन् भने चिसो बढेको छ । स्थानीय हिमाल केसीका अनुसार लगातार परेको हिमपातका कारण लेकाली क्षेत्र लाता जाखुणा लगायत क्षेत्रमा हिमपात भएको छ । 

हिमपातले पशु बस्तुको गोठ खर्कमा आवत–जावतमा कठिनाइ भएको छ । विशेषगरी गाईबस्तु, भेडा बार्खाको बासस्थान हिउँले ढाकिँदा पशु चौपाया प्रभाबित भएका छन् । चिसोले गोठालो मारमा परेका छन् । 

कतिपय स्थानमा हिउँसँगै पानी असिना परेको छ । रास्कोट २ का जंगवहादुर खड्काले ठाँडामेला चणिपानी क्षेत्रमा हिमपात हुँदा चिसो भएको भेडा चरणमा समस्या भएको बताउनुभयो । 

लेकाली क्षेत्रमा हिमपात भएपछि चिसो बढेकाले बालबालिका, वृद्धवृद्धा तथा बिरामीहरू समस्यामा परेको स्थानीयको भनाइ छ । यसैबिच, हिमपातले एकातिर जनजीवन कष्टकर बनाए पनि अर्कोतर्फ प्राकृतिक सौन्दर्य बढेको छ । 

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्