सबै प्रदेशमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना



काठमाडौं, चैत्र ७ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा अधिकांश बादल लागेको छ भने केही ठाउँमा वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा चट्याङ्ग, असिना, हावाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ७ चैत्र २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्