यमाहा नेपालको नयाँ अभियान, नेपालकै एकमात्र हाइब्रिड इन्जिनको सफलताको उत्सव
काठमाडौं । विश्वभर इन्धनको मूल्य उच्च विन्दुमा पुगिरहेको वर्तमान समयमा, यमाहा नेपालले आधिकारिक रूपमा आफ्नो अहिलेसम्मको सबैभन्दा प्रभावशाली अभियान “नाउ आई एम ७१.३३ केएमपीएल” सार्वजनिक गरेको छ ।
यो अभियान नेपालको बजारमा हाइब्रिड प्रविधिलाई सफल रूपमा अपनाइएको र स्थापित गरिएको खुसियालीमा ल्याएको कम्पनीले जनाएको छ । नेपालकै एकमात्र हाइब्रिड इन्जिनयुक्त स्कुटरको रूपमा, यमाहाको हाइब्रिड अब एक रोजाइ मात्र नभई, अनिश्चित अर्थतन्त्रमा हजारौं चालकहरूका लागि एउटा भरपर्दो समाधान बनेको कम्पनीको भनाइ छ ।
“दैनिक यात्रा गर्नेहरूका लागि पेट्रोलको प्रत्येक लिटरले जीवनका अन्य अत्यावश्यक आवश्यकता र गतिशीलता बीचको छनोटलाई प्रतिनिधित्व गर्दछ,” कम्पनीले भन्यो ।
नेपाली चालकहरूका लागि एक दीर्घकालीन साझेदारको रूपमा आफ्नो स्थान अझ मजबुत बनाउन, यमाहा नेपालले उद्योगमै पहिलोपटक एक विशेष योजना ल्याएको छ । २०८२ चैत १ गतेदेखि ‘रे जेटआर हाइब्रिड खरिद गर्ने सबै ग्राहकहरूका लागि ५ वर्षसम्मको निःशुल्क सर्भिसिङको व्यवस्था भएको जनाएको छ ।
कम्पनीका अनुसार, यो अभियान ती हजारौँ सन्तुष्ट चालकहरूको आवाज हो जसले आफ्नो दैनिक जीवनमा ७१.३३ किमीरलिटरको माइलेज पहिले नै अनुभव गरिसकेका छन् । यमाहा नेपालका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवाल भन्छन्, “यो रेकर्ड(ब्रेकिङ माइलेज र ५ वर्षको निःशुल्क मर्मत सुविधालाई जोडेर हामी ग्राहकको स्वामित्व अनुभवबाट खर्चको चिन्ता हटाउँदैछौँ ।”
प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार
















