‘रियल ड्राइभर्स वान्टेड’ अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक



काठमाडौँ, २९ असार स्कोडा नेपालले ‘Real Drivers Wanted’ अभियानअन्तर्गत फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाक सार्वजनिक गरेको छ।

स्कोडा शोरुममा आयोजित कार्यक्रममा कम्पनीका उच्च पदाधिकारी, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा आमन्त्रित अतिथिको उपस्थिति रहेको थियो।

नयाँ कुशाकको अनावरण एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल र एमएडब्लु एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले संयुक्त रूपमा गर्नुभएको थियो।

उहाँहरूले गाडीको मालिक धेरै बन्न सक्ने भए पनि वास्तविक चालकले मात्र सडकमा उत्कृष्ट ड्राइभिङ अनुभव लिन सक्ने धारणा राख्दै कुशाक चार्टमा तुलना गरेर उत्कृष्ट देखिने मात्र नभई स्टेयरिङ समात्दा वास्तविक ड्राइभिङ अनुभव दिने एसयूभीका रूपमा विकास गरिएको बताए

नयाँ कुशाक १.० लिटर र १.५ लिटर टीएसआई (TSI) इन्जिन विकल्पमा उपलब्ध छ। यसमा ८-स्पिड अटोमेटिक ट्रान्समिसन तथा डीएसजी (DSG) ट्रान्समिसन रहेको छ, जसले सहज र सन्तुलित ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार पछाडिको सिटमा मसाज सुविधा उपलब्ध गराइएको छ, जुन यस सेग्मेन्टमा विरलै पाइने विशेषता हो। उत्कृष्ट इन्जिनियरिङसँगै आरामदायी यात्रा सुनिश्चित गर्ने उद्देश्यले गाडी निर्माण गरिएको कम्पनीले जनाएको छ।

नेपालमा नयाँ कुशाकको प्रारम्भिक मूल्य रु. ५७ लाख ९० हजार तोकिएको छ। कम्पनीले ‘Promise of 12’ योजनाअन्तर्गत देशभर रहेका १२ वटा सेवा केन्द्रबाट वार्षिक मर्मतसम्भार सुविधा उपलब्ध गराउने जनाएको छ। यस योजनाअनुसार हरेक १२ महिना वा १२ हजार किलोमिटरमा रु. १२ हजारको निश्चित शुल्कमा मर्मत सेवा उपलब्ध हुनेछ।

कार्यक्रममा एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले कुशाकले युरोपेली इन्जिनियरिङलाई नेपाली बजारमा प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराएको बताए

त्यसैगरी एमएडब्लु एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले उत्कृष्ट ड्राइभिङ अनुभव खोज्ने ग्राहकलाई लक्षित गरेर नयाँ कुशाक ल्याइएको बताए। उहाँले ग्राहकलाई गाडीका विशेषता सुन्न मात्र नभई स्वयं परीक्षण गरेर अनुभव लिन आग्रह गरेका छन्।

कम्पनीका अनुसार नयाँ कुशाकले चालक–केन्द्रित एसयूभीको पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। उत्कृष्ट प्रदर्शन, युरोपेली इन्जिनियरिङ र प्रतिस्पर्धी मूल्यका कारण यो आफ्नो वर्गमा आकर्षक विकल्प बन्ने कम्पनीको विश्वास छ।

प्रकाशित मिति: २९ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्