विश्वकप लिग-२: यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, यस्तो छ प्लेइङ-११




काठमाडौँ, १२ वैशाख। घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा घरेलु टोली नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईले टस जितेर बलिङ रोजेपछि नेपालले पहिलो ब्याटिङ गर्ने भएको हो।

नेपाल रोहित पौडेल र युएई मोहम्मद वासिमको कप्तानीमा मैदान उत्रदैछन्।

अंक तालिकाको पुछारमा रहेका नेपाल र युएई दुबै टोलीलाई शीर्ष ६ मा रहेर एक दिवसीय मान्यता जोगाउने चुनौती छ।

त्यसैले एकअर्काविरुद्ध मैदान उत्रदा नेपाल युएई जितको खोजीमा हुनेछन्।

लिग–२ मा २० खेल खेलेको नेपाल ५ खेलमा जित, १३ खेलमा हार र २ खेल नतिजाविहिन हुँदा १२ अंकमा तालिकाको सातौँ स्थानमा छ।

समान खेलबाट ५ खेलमा जित र १५ खेलमा हार भोगेको युएई १० अंकमा तालिकाको पुछारमा छ।

२४ खेल खेलेको ओमान भने २९ अंकमा तालिकाको तेस्रो स्थानमा छ।

नेपालको प्लेइङ ११ः
कुशल भुर्तेल, आशिफ शेख, भिम सार्की, रोहित पौडेल, बसिर अहमद, दिपेन्द्र सिंह ऐरि, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी

प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्