जनमोर्चाको राष्ट्रिय सम्मेलन चैतमा
काठमाडौँ, १३ वैशाख। राष्ट्रिय जनमोर्चाले आगामी चैत २४, २५ र २६ गते पाँचौँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ।
जनमोर्चाले वैशाख २६ गते काठमाडौँमा संविधान संशोधनका विषयमा बृहत् अन्तरक्रिया गर्ने भएको छ भने वैशाख २९ देखि जेठ १७ गतेसम्म देशका विभिन्न मुख्य सहरहरूमा शीर्ष नेताहरूको उपस्थितिमा जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
वैशाख १५ देखि जेठ मसान्तसम्म सबै तहका समितिहरूको बैठक बस्ने र सदस्यता वितरणलाई तीव्रता दिने सांगठनिक योजना समेत पार्टीले अघि सारेको छ।
प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार
















