प्रधानमन्त्री बालेन ३७ वर्षमा



काठमाडौँ, १४ वैशाख। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आजदेखि ३७ वर्षमा प्रवेश गरेका छन्। वि।सं। २०४७ साल वैशाख १४ गते काठमाडौंको नरदेवीमा जन्मिएका शाहको आइतबार आफ्नो जन्मदिन परेको छ ।

यस अवसरमा उनकी पत्नी सविना काफ्लेले सामाजिक सञ्जालमार्फत शुभकामना दिएकी छन्। उनले फेसबुकमा लेखेकी छन्, “सम्माननीयज्यूलाई जन्मदिनको हार्दिक शुभकामना।”

बुबा रामनारायण साह र आमा ध्रुवदेवी शाहका कान्छा सुपुत्रका रूपमा जन्मिएका शाहको पुर्ख्यौली घर महोत्तरीको एकडारा गाउँपालिका हो। बालेन २०८२ चैत १३ गते प्रधानमन्त्री बनेका हुन् ।

शाहले सरकारको नेतृत्व सम्हालेको एक महिना पूरा भइसकेको छ। उनको जन्मदिनको अवसरमा आइतबार बिहानैदेखि सामाजिक सञ्जालमा समर्थक, राजनीतिक सहकर्मी र सर्वसाधारणले शुभकामना दिइरहेका छन्। युवा प्रधानमन्त्रीबाट

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्