आईपीएलमा दिल्लीको लज्जास्पद खेल, आरसीबीको सहज जित



काठमाडौँ, १५ वैशाख। रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी)ले जारी आईपीएलमा दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गरेको छ।

दिल्लीले दिएको ७६ रनको लक्ष्य पछाएको बैंगलुरुले ६ दशमलव ३ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। यसअघि पहिला ब्याटिंग गरेको दिल्लीले १६ दशलमव ३ ओभरमा अल आउट हुदै ७५ रन मात्र बनाएको थियो।

यो यस सिजनको आईपीएलको यो सबैभन्दा कम स्कोर हो। दिल्लीका लागि अभिषेक पोरेलले ३०, डेभिड मिलरले १९ र काइल जामिएन्सनले १२ रन बनाएका थिए। बैंगलुरुका बलर जोश हजेलवूडले ४ विकेट लिए भने भुवनेश्वर कुमारले ३ विकेट लिएका थिए।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको ८ खेलमा १२ अंक भएको छ भने दिल्लीको ८ खेलमा ६ अंक रहेको छ।

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्