टाउकोले टेकेर उल्टो गतिमा हिँडिरहेको सरकार गन्तव्यमा पुग्दैन: ऐन महर
कैलाली । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले वर्तमान सरकार टाउकोले टेकेर उल्टो गतिमा हिँडिरहेको टिप्पणी गरेका छन्।
मंगलबार प्रेस चौतारी नेपाल कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले टाउकोले टेकेर गन्तव्यमा पुग्न नसक्ने बताएका हुन्।
उनले भने- ‘जनमत पाएको सरकारलाई असफल हुने छुट छैन, तर सरकार टाउकोले टेकेर उल्टो बाटोमा हिँडिरहेको छ, यसरी गन्तव्यमा पुग्न सकिँदैन।’
सरकारका प्रारम्भिक गतिविधिहरूले लोकतन्त्र, सामाजिक न्याय र राष्ट्रियताप्रति प्रतिबद्धता नदेखिएको महरको भनाई छ।
उनले संसदमा विरोध झेल्न नसकेर सरकारले बैठक आह्वान गरेर पनि नबस्दै स्थगित गरेको आरोप लगाएका छन्।
साथै प्रमुख सचेतक महरले सरकारले पूर्वाग्रह राखेर प्रतिशोध साधिरहेको समेत बताएका छन्।
प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार
















