कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त, हटाइए देउवा पक्षका सिटौला



काठमाडौं । राष्ट्रिय सभामा कांग्रेस दलको नेतामा कमला पन्त मनोनित भएकी छन् ।

कांग्रेस विधानमा प्रतिनिधिसभा दलको नेताले राष्ट्रिय सभा दलको नेता मनोनयन गर्ने व्यवस्था छ ।

सोहिअनुसार प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कमलादेवी पन्तलाई राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत गरेका हुन् ।

कमलादेवी गण्डकी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएकी थिइन् । उनी राष्ट्रिय सभाअन्तर्गतको ‘विकास, आर्थिक मामिला तथा सुशासन समिति’ की सभापति पनि हुन् ।

यसअघि राष्ट्रियसभा दलको नेतामा कृष्ण सिटौला थिए ।

सिटौला कांग्रेसमा शेरबहादुर देउवा पक्षका हुन् भने पन्त गगन थापा पक्षकी हुन् ।

गत पुसमा भएको कांग्रेसको विशेष महाधिवेशनमा पन्तले थापाको पक्षमा उभिएकी थिइन्।

प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्