नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीबीच कर्जा सम्झौता
काठमाडौँ १७ वैशाख। नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच कर्जा कारोबार सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
यस सम्झौताअनुसार राष्ट्रिय बीमा कम्पनीका स्थायी कर्मचारीहरूले नेपाल बैंकको काठमाडौं बैंकिङ अफिस शाखाबाट विनाधितो रु. १५ लाखसम्म सेवाग्राही कर्जा पाउन सक्नेछन्।
यस सहकार्यले कर्मचारीहरूलाई एकै ठाउँबाट वित्तीय सेवा उपलब्ध हुने, समय बच्ने र दुई संस्थाबीचको सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ।
सम्झौतामा नेपाल बैंकका रिटेल कर्जा प्रमुख अर्जुन बहादुर कंडेल र राष्ट्रिय बीमा कम्पनीकी मुख्य व्यवस्थापक डा. सृजना पन्तले हस्ताक्षर गर्नुभयो।
उल्लेखनीय छ कि नेपाल बैंक हाल देशभर २३१ शाखा, २४६ एटीएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत २७ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ।
प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार







