नेशनल लाईफको नारायणी क्रुज सफारी सम्पन्न




काठमाडौँ १८ वैशाख । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आन्तरिक पर्यटन प्रवर्धनका लागि चितवनको सौराहमा २ रात ३ दिने नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न गरेको छ।

ूसंस्कृति, सौहार्द र सयरको संगमू भन्ने नाराका साथ आयोजित यस कार्यक्रममा फाल्गुण र चैत्र महिनाको मासिक योजनामा लक्ष्य पूरा गर्न सफल ३५४ जना वरिष्ठ अभिकर्ता सहभागी थिए।

इन्द्रेणी ग्रुपका कलाकारहरूले प्रस्तुत गरेको उत्कृष्ट लोक दोहोरी र नृत्यले कार्यक्रमलाई झनै रमाइलो बनायो। नेपालको एकमात्र क्रुजमा यात्राको अनुभव पाएकोमा सहभागीहरूले कम्पनीलाई धन्यवाद दिए ।

कम्पनीका एजेन्सी विभाग प्रमुख तथा विभिन्न शाखा प्रमुखहरूको उपस्थितिमा सम्पन्न यस कार्यक्रमले अभिकर्ताहरूको मनोरञ्जनका साथै वृत्ति विकासमा समेत सकारात्मक योगदान पुर्‍याउने कम्पनीको विश्वास छ।

प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार