विश्वकप लिग २ : ओमानविरुद्ध नेपालले ब्याटिङ गर्ने
काठमाडौँ, २२ वैशाख। आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिदेशीय शंखलाको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ। कीर्तिपुरको टीयू क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्। नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ। भीम सार्की र सोमपाल कामी बाहिरिँदा आसिफ शेख र करण केसी फर्किएका छन्।
ओमान, यूएई र नेपालबीचको नेपाल शृंखलाको यो अन्तिम खेल हो। यसअघि यूएईसँग नेपालले दुई जित निकाल्दा ओमानसँग हार व्यहोरेको थियो। ओमानसँग भने यूएईले दुई खेलमा जित हात पारेको थियो। आज नेपाल दुई अंक थप्नका लागि खेल जित्ने तयारीमा छ।
प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार
















