आफ्टर सेल्स सर्भिस र ईभीप्रतिको भरोसा बढाउन फोटोन नेपालको कस्टमर मिट एण्ड ग्रिट
काठमाडौं । एमएडब्लू वृद्धि अन्तर्गतको फोटोन मोटर नेपालले २५ वैशाख २०८३ मा ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेन्समा कस्टमर मिट एण्ड ग्रिट कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ । यो कार्यक्रम काठमाडौं उपत्यकाभरिका विद्यमान ग्राहक, सम्भावित खरिदकर्ता, फ्लीट संचालक, व्यवसायिक अपरेटर तथा प्रमुख सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर उनीहरूको अनुभव र अपेक्षाबारे खुला र अर्थपूर्ण छलफल गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य ग्राहकहरूको प्रतिक्रिया लिनु रहेको थियो। ग्राहकहरूलाई आफ्ना स्वामित्व अनुभव, सेवा सम्बन्धी आवश्यकता तथा सुझाव एवम् इमान्दार प्रतिक्रियाहरू प्रत्यक्ष रूपमा साझा गर्ने अवसर प्रदान गरिएको थियो । सम्भावित खरिदकर्ताहरूले पनि फोटोनका विभिन्न कमर्सियल सवारी साधनबारे थप जानकारी लिन र फोटोन नेपाल टिमलाई प्रत्यक्ष प्रश्न सोध्ने अवसर पाएका थिए । यस्तो प्रत्यक्ष संवादले बिक्रीपछि पनि ग्राहकसँगको सम्बन्ध निरन्तर रहने फोटोन नेपालको विश्वास छ ।
शहरी सामान ढुवानी, स्कुल यातायातदेखि फ्लीट सञ्चालन र व्यवसायिक यात्रासम्म समेट्ने कमर्सियल यातायातका लागि काठमाडौँ, नेपालकै सबैभन्दा सक्रिय बजारमध्ये एक हो । यस कार्यक्रम मार्फत फोटोन नेपालले काठमाडौं, ललितपुर र भक्तपुरका बढ्दो मोबिलिटी आवश्यकताहरूलाई अझ राम्रोसँग बुझ्ने र सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।
आफ्टर-सेल्स सर्भिससम्बन्धी विषय नै कार्यक्रमको प्रमुख छलफल बिन्दुहरूमध्ये एक बनेको थियो । ग्राहकहरूले सेवाको पहुँच, स्पेयर पार्ट्सको उपलब्धता, मर्मत गुणस्तर तथा प्रतिक्रिया समयबारे आफ्ना विचारहरू व्यक्त गरेका थिए। संकलित प्रतिक्रिया एमएडब्लू वृद्धिले सेवा मापदण्ड सुधार गर्न र ग्राहकको समग्र स्वामित्व अनुभवलाई अझ सहज र भरपर्दो बनाउन प्रयोग गर्नेछ ।
नेपालमा कमर्सियल ईभीको अपनत्व बढ्दै गइरहेको सन्दर्भमा, फोटोन नेपालले आफ्नो ईभी इकोसिस्टम प्रति विश्वास बढाउने अवसर पनि लियो । विद्यमान ग्राहकहरूलाई एमएडब्लू वृद्धिमार्फत प्रदान गरिने ईभी इकोसिस्टम तथा आफ्टर-सेल्स सपोर्ट नेटवर्कबारे आश्वस्त पारिएको थियो ।
फोटोन नेपालको विस्तार हुँदै गएको देशव्यापी नेटवर्कले ग्राहकहरूलाई विश्वसनीय सर्भिस सपोर्ट, जेनुइन स्पेयर पार्ट्स र दक्ष प्राविधिक सहयोग प्रदान गर्दै आएको छ, जसले शहरी तथा क्षेत्रीय दुवै ग्राहकलाई प्रभावकारी सेवा सुनिश्चित गर्छ ।
प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार
















