राष्ट्रियसभाको बैठक पनि बस्दै



काठमाडौँ, ४ जेठ। आज राष्ट्रियसभाको बैठक पनि बस्दै छ। राष्ट्रियसभाको बैठक सोमबार दिउँसो सवा १ बजेदेखि सुरु हुने संसद् सचिवालयले जनाएको छ।

राष्ट्रियसभामा पनि आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुने संघीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए।

प्रतिनिधि सभाको बैठक पनि सोमबार बिहान ११ बजेदेखि सुरु हुँदैछ।

प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार