Deshko News
१३ आश्विन २०८०, शनिबार

हेटौँडा उपमहानगरपालिकामा मतगणना सुरु



हेटौँडा, जेठ १

हेटौँडा उपमहानगरपालिकाको मतगणना आज बिहान ९ः३० बजेबाट जिल्ला समन्वय परिषद्को सभागृहमा सुरु भएको छ ।

सो मत गणना दुई समूहमा विभाजन गरी मत गन्ने कार्य सुरु गरिएको छ । अहिले एक नम्बर वडाबाट मत गणना सुरु गरिएको छ । १ नम्बर वडामा कुल दुई हजार ८९१ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिका क्षेत्रमा कुल ८३ हजार ५९७ मतदाता रहेको र ९३ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।

त्यसैगरी थाहा नगरपालिकामा पनि मतगणना कार्य आज बिहानबाट सुरु गरिएको मकवानपुरका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: १ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News