Deshko News
१३ आश्विन २०८०, शनिबार

नयाँ शक्तिले भारी मत ल्याएपछि रसुवामा बबाल, मतगणना कार्य स्थगन



रसुवा,  जेठ २ ।

पार्वतीकुण्ड गाउँपालिकाको मतगणना कार्य स्थगन भएको छ ।

उक्त गाउँपालिकाको निर्वाचन अधिकृत अशोकराज रेग्मीका अनुसार गणना भइसकेका मतपत्र पुनःगणना गर्नुपर्ने माग राख्दै नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा समेतका दलका प्रतिनिधि मतगणना स्थलबाट बाहिरिएपछि गणना कार्य सोमबार साँझ स्थगन गरिएको हो ।

पार्वतीकुण्ड गाउँपालिका–१ र २ को मतगणनाबाट नयाँ शक्ति नेपालले भारी मत ल्याएका कारण अन्य दलका प्रतिनिधि मतगणना स्थलबाट बाहिरिएको बताइएको छ ।

सोमबार साँझ ८ बजेदेखि बन्द भएको गणना कार्य वार्ताद्वारा गणना कार्यलाई निरन्तरता दिन प्रयास भइरहेको अधिकृत रेग्मीले बताउनुभयो र खसेको कुल २,९९९ मतमध्ये २,०५७ गणना गर्न बाँकी रहेको बताइएको छ । रासस

प्रकाशित मिति: २ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News