इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान कार्यक्रम सम्पन्न



इटहरी, २६ जेठ । जेसीबी नेपालको आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रालिले इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा जेसीबीका ग्राहक, विभिन्न व्यावसायिक तथा औद्योगिक सङ्घ–संस्थाका प्रतिनिधि, सरोकारवाला तथा कम्पनीका पदाधिकारीहरूको सहभागिता रहेको थियो। कोशी प्रदेशका ग्राहकहरूको निरन्तर विश्वास, सहयोग र साझेदारीप्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा जेसीबीका उपकरण, पार्ट्स, सेवा तथा वार्षिक मर्मत सम्झौता सेवामा दीर्घकालदेखि आबद्ध ग्राहकहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। साथै निर्माण, भारी उपकरण तथा औद्योगिक क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिलाई मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा नेपाल हेभी इक्विपमेन्ट एसोसिएसन, नेपाल निर्माण व्यवसायी महासंघ, क्रसर उद्योग तथा इट्टा उद्योगसँग सम्बन्धित सङ्घ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा नयाँ जेसीबी उपकरण खरिद गरेका ग्राहकलाई चाबी हस्तान्तरण गरिएको थियो। कम्पनीका अनुसार यसले जेसीबी उपकरणप्रति ग्राहकहरूको बढ्दो विश्वास र आकर्षणलाई प्रतिबिम्बित गरेको छ।

सो अवसरमा उमाकान्त शर्मा ले जेसीबी थ्रीडीएक्स सुपर ब्याकहो लोडर बुकिङ गरेका थिए। यसले जेसीबीका उपकरणको कार्यक्षमता, प्रविधि र विश्वसनीयताप्रति उद्योग क्षेत्रको भरोसा झल्काएको कम्पनीको भनाइ छ।

कार्यक्रमलाई सम्बोधन गर्दै तेजप्रसाद सुबेदी ले ग्राहक र साझेदारप्रति आभार व्यक्त गर्दै कम्पनी विश्वस्तरीय उपकरण, भरपर्दो बिक्रीपछिको सेवा तथा ग्राहक केन्द्रित समाधानमार्फत नेपालको पूर्वाधार विकासमा योगदान दिन प्रतिबद्ध रहेको बताए।

कार्यक्रम अन्तरक्रिया, अनुभव आदानप्रदान तथा सामूहिक भोजनसहित सम्पन्न भएको थियो। कम्पनीले विश्वास, कार्यक्षमता र दीर्घकालीन साझेदारीका आधारमा नेपालको विकास यात्रामा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्