‘नेपालले भारतको भूमि मिचेको प्रमाण छैन’ – बादल



काठमाडौँ, २७ जेठ नेकपा (एमाले)को संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले नेपालले भारतको कुनै पनि भूभाग नमिचेको बताउँदै यो यथार्थलाई सत्तापक्ष र प्रतिपक्ष दुवैले राम्रोसँग मनन गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालको वक्तव्यपछि बोल्दै नेता थापाले परराष्ट्रमन्त्रीको जवाफप्रति असन्तुष्टि जाहेर गरे । राष्ट्रियता रक्षाको सङ्घर्ष भिन्न तरिकाले जारी राख्ने उनको स्पष्ट भनाइ छ ।

नेता थापाले संसद्को अवरोध अन्त्यका लागि दुई सर्त अगाडि सारे — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेतालाई विवादास्पद अभिव्यक्ति सच्याउन निर्देशन दिनुपर्ने, र सभामुखले त्यस्ता अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने ।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्